साइबर आक्रमणबाट युरोपभरका एक दर्जन सुपरकम्प्यूटर बन्द

साइबर आक्रमणका कारण युरोपभरका एक दर्जन सुपरकम्प्यूटर बन्द भएका छन्।यसरी आक्रमण गरिएका कम्प्यूटरलाई क्रिप्टोकरेन्सीका लागि उपयोग गर्न खोजिएको देखाएको छ। एउटा सुरक्षा हस्तक्षेप’ले मे ११ मा युनिभर्सिटी अफ इडिनवर्गको आर्चरमा रहेको एक सुपरकम्प्यूटरको पहुँचलाई बन्द गरिदिएको छ।

त्यहाँका कर्मचारीहरूले राष्ट्रिय साइबर सुरक्षा केन्द्रसँग प्रणाली पुनस्थापनाका लागि काम गरिरहेको जनाएका छन्। सो केन्द्रले भर्खरै महामारी नमुना प्रविधि स्थापना गरेको थियो।

‘बेलायत र युरोपका अन्य भागका कयौं कम्प्यूटरमा हस्तक्षेप भएकाले प्राज्ञिक समुदायका लागि यो एउटा मुख्य चासोको विषय भएको विश्वास हामीले लिएका छौं’, टोलीले भन्यो।

‘हामी यो घटनाका बारेमा सतर्क छौ र त्यसमा सहयोग गरिरहेका छौं’, केन्द्रले भन्यो, ‘केन्द्रले यसका सुरक्षा अभ्यास र संस्थाको सुरक्षामा सुधारमा सहयोग गर्न प्राज्ञिक क्षेत्रसँगै काम गर्छ।’

मे ११ मा नै भएको अर्को एक आक्रमणबाट जर्मनीका ५ सुपरकम्प्यूटर बन्द हुनपुगेका थिए। त्यसपछिका दिनमा स्वीटजरल्याण्ड र बार्सिलोनामा पनि कम्प्यूटरहरू बन्द भएको खबर सार्वजनिक भएको थियो।

प्रतिक्रिया दिनुहोस्