युट्युबरसँगको विवादले टिकटकको रेटिंग २ स्टारमा झर्‍याे

पछिल्लो एक साताको बीचमा टिकटकको रेटिंग ४.६ स्टारबाट २ स्टारमा झरेको छ । भिडियो सेयरिंग प्लेटफर्म युट्युब र टिकटकबीच भारतबाट विवाद सुरु भएपछि प्रयोगकर्ताले प्लेस्टोरमा टिकटकको रेटिंग नै कम गरेका हुन् ।

भारतका एक टिकटक स्टार अमिर सिद्दीकी र क्यारीमिनाटी भनेर चीनीने युट्युबर अजेय नगारबीचको विवादले टिकटकको रेटिंग कम भएको हो । केहिदिन अघि इन्स्टाग्राममा सिद्दीकीले युट्युबरहरुले कन्टेन्ट कपि गरेको आरोप लगाउँदै भिडियो अपलोड गरेका थिए । त्यसपछि क्यारीमिनाटीले सिद्दीकीलाई आलोचनागर्दै युट्युबमा भिडियो हालेका थिए ।

तर, प्लेटफर्मको सेवा सर्तहरु उल्लंघन गरेको भन्दै युट्युबले करोडौं प्रयोगकर्ताहरुले हेरेको उक्त भिडियो हटाएको थियो ।यो घटनापछि भारतीय समाजिक सञ्जालमा ‘रोस्टनहीफ्राइ करुंगा’ र ‘ब्यानटिकटक’ जस्ता विषय ट्रेन्डिंगमा रहेका छन् । कतिपय प्रयोगकर्ताहरुले टिकटक मोबाइलबाटै हटाएको भन्दै पोष्टहरु समेत गरिरहेका छन् । क्यारीमिनाटीका प्रसंसकहरुले टिकटकको रेटिंग पनि कम गरिदिएका हुन् ।

छोटो समयमै निकै चर्चामा आएको टिकटकले नेपालमा समेत थुप्रै प्रयोगकर्तालाई चर्चामा ल्याएको छ । त्यस्तै भारतमा पनि कयौं टिकटक स्टार बनेका छन् । युट्युब भने लामो भिडियो सेयरिंग प्लेटफर्म हो ।

प्रतिक्रिया दिनुहोस्