५९ वर्ष पछि जुर्यो दुर्लभ संयोग, राशिचक्रमा उथलपुथल !

शुक्रबार शनि जयन्तिका दिन दुर्लभ संयोग जुरेको छ। सूर्य, बुध, शुक्र र चंद्रमा गरी चार ग्रह एकै राशि वृषमा रहेको कारण शनि जयन्तिका दिन दुर्लभ संयोग जुरेको हो।

पछिल्लो पटक सन् १९६१को शनि जयन्तिका दिन यस्तो दुर्लभ संयोग जुरेको थियो। जसपश्चात यस प्रकारको दुर्लभ संयोग शुक्रबार जुरेको छ । यसरी एकै राशिमा चार ग्रह भएको अवस्थालाई चतुर्ग्रही योग भनिन्छ।

ज्योतिष विज्ञानका अनुसार बुध, शुक्र र चन्द्र एक साथ एकै राशिमा हुँदा आँधीबेरी आउने सम्भावना हुन्छ भने विश्वमा कष्ठ बढ्ने हुन्छ। साथै यस्तो अवस्थाले राशि अनुसार पनि फरक-फरक असर पार्ने ज्योतिषीहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस्