कोरोनाको प्रभावकारी औषधि भेटियो

कोरोना भाइरसविरुद्धको औषधि पत्ता लगाउन अहोरात्र खटिरहेका अष्ट्रेलियाका बैज्ञानिकहरुले एन्टि प्यारासाइटिक (परजिवी मार्ने) औषधिले प्रयोगशालामा ४८ घन्टा भित्र कोरोना भाइरस पनि मार्न सफल भएको तथ्य पत्ता लगाएका छन् ।

बैज्ञानिकहरुले उक्त सामान्य प्यरासाइटिक ड्रग्सले सार्स – कोभ –२ भाइरस ४८ घन्टा भित्र मरेको दावी गरेका हुन् । सेल कल्चरमा वृद्धि भइरहका भाइरस मार्न सो औषधि निकै प्रभाबकारी भएको पाइएको हो ।

इभर्मेक्टिन नामक सो औषधि औषधि तथा खाद्यान्न निकायबाट प्रयोगका लागि अनुमति प्राप्त हो ।यस औषधिलाई एचआइभि , डेंगु , इन्फ्लुएन्जा र जिका भाइरस रोगीहरुको उपचरका लागि पनि प्रयोग हुने गरेको बुझिएको छ ।

मोनास युनिभर्सिटीले गरेको यस अध्ययन लाई जर्नल एन्टिभाइरल रिसर्चमा प्रकासित गरिएको छ । इभर्मेक्टिनको एक मात्राले दुई दिन भित्र सेल कल्चरमा बृद्धि हुने सम्पूर्ण कोरोना भाइरसको आनुवंशिक पदार्थ नष्ट गर्न सक्ने बताइएको छ ।

मोनास बायोमेडिसिन डिस्कभरी इन्स्टिच्युटका डा।केली वागस्टाफले भनेकी छन् , ‘ यसको एक मात्राले पनि सम्पूर्ण भाइरल आरएनए नष्ट गर्न सक्छ । तर अहिले भिट्रो (टेस्ट ट्युव भित्र गरिने जीव बिज्ञान अध्ययन) अध्ययन मात्र सकिएको र यसको मानव शरिरमाथि प्रयोग गर्न बाँकी नै रहेको छ । ’ अहिले विश्वका अन्य मुलुकहरुमा पनि बैज्ञानिकहरु कोभिड १९ को औषधि खोजिमा दिलोज्यान दिएर लागिपरेका छन् ।

प्रतिक्रिया दिनुहोस्