चितवनमा झण्डै तीन हजार क्षमता सहितको क्वारेन्टाईन तयार

चितवनमा झण्डै तीन हजार क्षमता सहितको क्वारेन्टाईन तयार भएका छन् । जिल्लाका सात वटा स्थानीय तहले ६५ स्थानमा २ हजार ९ सय ७१ क्षमता सहितको क्वारेन्टाईन तयार गरेका हुन् ।

जिल्ला विकास समिति चितवनका अनुसार, क्वारेन्टाईन बनाउन सवैभन्दा बढि अग्रसर माडी नगरपालिका देखिएको छ । उसले १२ स्थानमा १ हजार ६ सय १० क्षमतासहितको क्वारेन्टाईन तयार गरेको जिल्ला विकास समिति चितवनले जानकारी दिएको छ ।

त्यसपछि राप्ती नगरपालिकाले ८ सय १० जना क्षमता सहितको क्वारेन्टाईन तयार गरेको छ । यसमा उसले १३ स्थानमा क्वारेन्टाईन बनाएको छ । त्यस्तै भरतपुर महानगरपालिकामा २ सय ९५, रत्ननगर नगरपालिकामा १ सय २४, खैरहनी नगरपालिकामा ९५, इच्छाकामना गाउँपालिकामा २२ र कालिका नगरपालिकामा १५ जना अट्ने क्षमता सहितको क्वारेन्टाईन बनाएका छन् । त्यसमध्ये भरतपुर महागनरपालिकाले २३ स्थानमा क्वारेन्टाईन बनाएको छ ।

हाल जिल्लामा २ सय ४३ जना क्वारेन्टाईनमा रहेका छन् । त्यसमध्ये १ सय २२ जनाले क्वारेन्टाईन अवधि पुरा गरेका छन् । जिल्लामा सवैभन्दा बढि माडीका क्वारेन्टाईनमा मानिसहरु बसेका छन् । त्यहाँ अहिले ८८ जना रहेका छन् ।

त्यस्तै खैरहनी नगरपालिकामा ५२, भरतपुरमा ४६, रत्ननगरमा २७, कालिकामा १३, राप्तीमा १० र इच्छाकामना गाउँपालिकाका क्वारेन्टाईनमा ७ जना रहेको जिल्ला विकास समिति चितवनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्