जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गराउने सरकारी योजना

काठमाडौं– सरकारले कुल जनसंख्याको दुई प्रतिशतलाई कोरोना परीक्षण गर्ने योजना बनाएको छ। राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले विज्ञहरुले दिएको सल्लाहबमोजिम कम्तिमा जनसंख्याको २ प्रतिशतसम्म परीक्षण विस्तार गर्ने योजना रहेको सुनाए। औषधि र स्वास्थ्य उपकरणको खरीदमा सिर्जना भएका अप्ठ्याराहरू हल भएको उनले जानकारी गराए।

कोरोना संक्रमण नियन्त्रणमा सरकारको पहलकदमी प्रभावकारी भएको उनले बताए। एकमात्र प्रयोगशालाबाट सुरु भएको परीक्षणलाई सातवटै प्रदेशसम्म विस्तार गरी अहिले २० भन्दा बढी प्रयोगशालाबाट परीक्षण भइरहेको जानकारी गराए। उनले परीक्षणको दायरालाई विस्तार गर्न किट तथा औषधिको प्रबन्ध द्रूत गतिमा गरिने प्रतिबद्धता समेत जनाए।

प्रतिक्रिया दिनुहोस्